काठमाडौं । नेपालमा केटीएम मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले आफ्ना ग्राहकहरूका लागि विशेष सेवा क्याम्प सञ्चालन गर्ने भएको छ । भोलि, भदौ ४ गतेदेखि भदौ ६ गतेसम्म चल्ने ‘मनसुन इन्जिन ओभरअल केयर क्याम्प’ मा ग्राहकहरूले इन्जिनको मर्मत र स्पेयर पार्टस्मा आकर्षक छुटको सुविधा पाउनेछन् । यो क्याम्प नेपालभरि रहेका केटीएमका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा उपलब्ध हुनेछ ।
यो तीन दिने विशेष क्याम्पमा ग्राहकहरूले विभिन्न छुट र सुविधाहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार, ग्राहकले इन्जिन आयल र स्पेयर पार्टस् दुवैमा १० प्रतिशत छुट पाउनेछन् । यसका साथै, लेबर चार्जमा ५० प्रतिशतसम्मको भारी छुट दिइनेछ । मनसुनको समयमा मोटरसाइकलको विशेष हेरचाह आवश्यक पर्ने हुनाले, यो क्याम्पले ग्राहकलाई आफ्नो बाइकको इन्जिनलाई दुरुस्त राख्न मद्दत गर्नेछ ।
छुट र मर्मत सेवाबाहेक, क्याम्पमा सहभागी हुने प्रत्येक ग्राहकलाई अर्को पटकका लागि एक पटकको मोटरसाइकल वासिङ कुपन निःशुल्क प्रदान गरिनेछ । यसका साथै, अन्य आकर्षक गिफ्ट ह्याम्परहरू पनि दिइनेछ । यो क्याम्पको लाभ उठाउन इच्छुक ग्राहकहरूले केटीएमको आधिकारिक फेसबुक पेज (केटीएम नेपाल) मा गएर त्यहाँ दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो सर्भिस अपोइन्टमेन्ट मिति बुक गर्न सक्नेछन् ।































प्रतिक्रिया