काठमाडौं । आजदेखि भृकुटीमण्डपमा आयोजना हुने’नाडा अटो शो २०२५’ लाई लक्षित गर्दै सारथी इकुटरको नेपालका लागि आधिकारिक वितरक जेरो इमिसन राइड एनले आकर्षक छुट अफर ल्याएको छ ।
उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार नगद छुट पाउने छन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।
तर यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउनेछन् । नगद नहुने ग्राहकले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जसअन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्ष सम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् । कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ ।
३ हजार ९ सयवाटको अधिकतम मोटर पावर भएको विंगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुवै स्कुटरमा २.८ किलोवाटको ब्याट्री प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
कम्पनीले इ३ लाई २ लाख १६ हजार र विंगरलाई २ लाख ९ हजार रुपैयाँ मूल्य ताेकेकाे छ ।





























प्रतिक्रिया