जन्मदर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्ने माग

जन्मदर्ता नभएका विद्यार्थीलाई एसइई फाराम भर्न दिनुपर्ने माग

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । जन्मदर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदकुमारी साहले सरकारको ध्यानार्कषण गराएकी छन् ।

राष्ट्रियसभा सदस्य साहले बुुवाआमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्मदर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको सभाअध्यक्षमार्फत सरकारको ध्यानर्कषण गराएकी हुन् ।

सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद साहले यस विषयमा सभालाई जानकारी गराउनसमेत माग गरिन् । “जन्मदर्ता नभएकै कारण शिक्षा आर्जन गर्न पाउने मौलिक अधिकार हनन् गर्नु राज्य अपराध हो”, उनले भनिन् ।

Skip This
Skip This
Logo