नाडा अटो शोमा जिली ईएक्स ५, जेवाई एयर ईभी सार्वजनिक, यस्ता छन् मूल्य र फिचर

नाडा अटो शोमा जिली ईएक्स ५, जेवाई एयर ईभी सार्वजनिक, यस्ता छन् मूल्य र फिचर

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आजदेखि सुरु भएको नाडा अटो शो २०२५ मा सार्वजनिक गरिएको छ ।

यसका साथै जिलीका दुई भेरिएन्ट ईएक्स ५ म्याक्स र प्रो तथा जेवाई एयर अल्ट्रा लाइट अब नेपाली ग्राहकले पनि टेस्ट ड्राइभ र खरिद गर्न सक्ने बताइएको छ ।

ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता रहेको एलआरआर मोटर्सले नेपालमा जिली ईएक्स ५ भित्र्याएको हो भने एलआरआर मोटर्स जेवाई अटो ग्रुपको समेत नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको बताएको छ ।

यस वर्षको नाडा अटो शोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ। अब ग्राहकहरूले आकर्षक जिली ईएक्स ५ म्याक्स ६४ लाख ९९ हजारमै घर लैजान सक्नेछन्, जुन वास्तविक मूल्य भन्दा ३ लाख रुपैयाँ कम हो। त्यस्तै, स्टाइलिस जिली ईएक्स ५ प्रो ५४ लाख ९९ हजारमा उपलब्ध छ, जबकी यसको वास्तविक मूल्य ५८ लाख कायम गरिएको छ ।

त्यसैगरी, जेवाई एयरका प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ। सुरुमा ६८ लाखको मूल्य रहेको जेवाई एयर अल्ट्रा अहिले ६४ लाख ९९ हजारमा उपलब्ध छ भने सुरुमा ५४ लाख मूल्य भएको जेवाई एयर लाइट केवल ४९ लाख ९९ हजारमै खरिद गर्न सकिनेछ।

यी विशेष अफरहरूसँगै एलआरआर मोटर्सले स्टाइल, फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरू माझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको बताएको छ।

यसैगरी, एलआरआर मोटर्सले जिली ईएक्स ५ र जेवाई एयर दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ। २ लाख रुपैयाँको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आईफोन १६ प्रो म्याक्स वा एक तोला सुन, वा १ लाख ८० हजार सम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन्।

यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्ने तर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीले विश्वास लिएको बताएको छ ।

Skip This
Skip This
Logo