युवा राइडरलाई लोभ्याउने हिरो एक्सपल्स २१० नाडा अटो शोमा सार्वजनिक

युवा राइडरलाई लोभ्याउने हिरो एक्सपल्स २१० नाडा अटो शोमा सार्वजनिक

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी १७औं संस्करणको नाडा अटो शो–२०२५मा शक्तिशाली इन्जिन जडित हिरो एक्सपल्स २१० सार्वजनिक भएको छ ।

हिरोको नेपालका लागि आधिकारीक वितरक सीजी मोटर्सले एक्सपल्स २१० सार्वजनिक गरेको हो । एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २४.६ बीएचपी पावर तथा २०।७ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पीड गियरबक्स दिइएको छ । एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्यांकि दिइएको छ भने मोटरसाइकलको फ्रन्टमा फुल्ली एड्जस्टेबल यूएसडी फर्क तथा रियरमा ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ

यस मोटरसाइकलमा स्वीचएबल डुअल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४।२ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्डस्क्रिन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू रहेका छन् ।

एक्सपल्स २१० बाइकको मूल्य भने सार्वजनिक भएको छैन । गत भारत मोबिलिटी एक्स्पो २०२५ मा १ लाख ७६ हजार भारतीय रुपैयाँ मूल्य तोकेर सार्वजनिक गरिएको एक्सपल्स २१० ले राम्रै चर्चा पाइरहेको थियो । यो बाइक नेपालमा सार्वजनिक हुँदा ६ लाख मूल्य हाराहारीमा आउने अनुमान गरिएको छ ।

Skip This
Skip This
Logo