काठमाडौं । नेपाली बजारमा यामाहाका दुई नयाँ भेरियन्ट एमटी-१५ भी २ र एफजेड एस भी३ डीएलएक्स मोटरसाइकल सार्वजनिक भएकाे छ ।
भृकुटीमण्डपमा जारी १७औं संस्करणको नाडा अटो शो–२०२५मा यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले यी मोटरसाइकल सार्वजनिक गरेकाे हाे ।
एमटी १५ भी २ का आइसीई स्ट्रोम र भीभीएम भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ आकर्षक व्यक्तित्व थपेका छन्, भने एफजेड एस भी ३ डीएलएक्स को आइसीई फ्लिओ भर्मिलेन भेरियन्टले यामाहाको प्रसिद्ध फेड सिरिजमा बोल्ड र आधुनिक शैली थपेको छ।
नाडा अटो शोमा आगन्तुकले यामाहाका नयाँ मोडेलहरू प्रत्यक्ष अवलोकन गर्न सक्नुका साथै सम्पूर्ण मोटरसाइकल र स्कुटरको श्रृंखला पनि अन्वेषण गर्न सक्नेछन्। साथै, कम्पनीले छानिएका मोडेलमा सात हजार रुपैयाँसम्म छुट, माेटाे जिपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङमा प्रिमियम राइडिङ ज्याकेट उपहारमा दिने विशेष अफर पनि ल्याएको छ।































प्रतिक्रिया