नाडा अटो शोमा टाटाका ईभी बुकिङ गर्नेहरुलाई ‘लाइफ टाइम फ्रि-चार्जिङ’को अफर

नाडा अटो शोमा टाटाका ईभी बुकिङ गर्नेहरुलाई ‘लाइफ टाइम फ्रि-चार्जिङ’को अफर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५मा टाटाका ईभी बुकिङ गर्ने ग्राहकहरुले लाइफ टाइम फ्रि चार्जिङको अफर पाउने भएका छन् ।

टाटा ईभीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले अटो शोमा बुकिङ गर्ने सबै गाडीका लागि यो अफर ल्याएको हो । प्रदर्शनीमा टाटाका टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय गाडीहरु रहेका छन् ।

प्रदर्शनी अवधिभर टाटाले अन्य एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहार समेत उपलब्ध गराउने बताइएको छ ।

Skip This
Skip This
Logo