काठमाडौं । नेपालले अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ मेलबर्न रेनेगेड्स एकेडेमीलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
डार्विनस्थित काजालिस एरेनामा नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ रोजेपछि मैदानमा उत्रिएको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको हो । नेपालका लागि कुशल मल्लले २२ बलमा सर्वाधिक २९ रन जोडे । यस्तै, दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन जोडे भने लोकेश बमले १६ बलमा २४ रन, भीम सार्कीले १२ बलमा १७ रन तथा आरिफ शेखले १२ रन जोडे ।
नेपालले हालसम्म खेलको चार खेलमा एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
मंगलबार भएको आफ्नो चौथो खेलमा भने नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाइ ६६ रनले पराजित गर्दै विजयी भएको हो । आज नेपालले आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ ।





























प्रतिक्रिया