ब्रिलियन्ट एजुकेसनद्वारा ‘एड्मिसन डे’ आयोजना, विद्यार्थीहरुको उत्साहपूर्ण सहभागीता

ब्रिलियन्ट एजुकेसनद्वारा ‘एड्मिसन डे’ आयोजना, विद्यार्थीहरुको उत्साहपूर्ण सहभागीता

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै पुतलीसडकमा अवस्थित शैक्षिक परामर्शदाता ब्रिलियन्ट एजुकेसन करिअर सर्भिसेसले आयोजना गरेको ‘एड्मिसन डे’ सफलतापूर्वक सम्पन्न भएको छ ।

बुधबार पुतलीसडकस्थित केन्द्रिय कार्यालयमा बिहान ९ बजेदेखि सुरु भएको एड्मिसन डेमा विभिन्न मुलुकका १६ भन्दा बढी ख्यातीप्राप्त विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुको सहभागी रहेको थियो । सो अवसरमा परामर्श सेवा लिने विद्यार्थीहरुको पनि भीड नै लागेको थियो । उनीहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा भेटेर सही गन्तव्यको मुलुकका शैक्षिक प्रणाली, कानुनी प्रावधान र करिअर निर्माणको लागि आवश्यक जानकारी लिने अवसर पाएका थिए ।

यस एड्मिसन डेले एकै छानामुनीबाट विद्यार्थीहरुलाई गन्तव्य मुलुकका कलेज तथा विश्वविद्यालय छनौट गर्न आवश्यक अवसर प्रदान गरेकाे ब्रिलियन्ट एजुकेसनका प्रबन्ध निर्देशक राजेन्द्र बरालले जानकारी दिए ।

मेलामा सहभागी विद्यार्थीहरुलाई स्पट एड्मिसन, वान अन वान काउन्सिलिङ, १०० प्रतिशतसम्म छात्रवृत्ति र एक्स्क्लुसिभ आइइएलटीएस वा पीटीई सेसनको अवसर पनि प्रदान गरिएको थियो ।

ब्रिलियन्ट एजुकेसन, नेपालकै अग्रणी शैक्षिक परामर्श केन्द्रका रुपमा रहेको छ । २०६२ सालमा स्थापना भएको यो कन्सल्टेन्सीबाट अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, क्यानडा, न्यूजील्याण्ड, युरोपेली मुलुकमा युके, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, आयरल्याण्ड, फ्रान्सलगायतमा अध्ययनका लागि जाने गरेका छन् ।

Skip This
Skip This
Logo