पाकिस्तानमा मनसुनी वर्षाका कारण एकैदिन २० जनाको मृत्यु

पाकिस्तानमा मनसुनी वर्षाका कारण एकैदिन २० जनाको मृत्यु

केन्द्रबिन्दु
12
Shares

कराची(पाकिस्तान) । पाकिस्तानमा मनसुनी वर्षाका कारण बुधबार २० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । जहाँ गत हप्ता मात्र वर्षाले सिङ्गो गाउँ बगाउदा ४०० भन्दा बढीको मृत्यु भएको थियो ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार गिलगिट–बाल्टिस्तानको उत्तरी क्षेत्रमा ११ जना र कराचीमा १० जनाको बाढीका कारण मृत्यु भएको छ ।

मौसम विभागले शनिबार सम्म थप वर्षाको पूर्वानुमान गरेको छ भने प्रभावित सहरमा विद्यालयहरू बन्द रहेका छन् । सिन्ध प्रान्तका प्रमुख मौसमविद् अमिर हैदर लघारीले बाढीको प्रमुख कारण कमजोर पूर्वाधार भएको बताएका छन्।

दुई जिल्लामा बर्षाका कारण ४० देखि ५० वटा घरहरू क्षतिग्रस्त भएको प्रान्तीय विपद् अधिकारी मुहम्मद युनसले बताएका छन् ।

गत बिहीबार देखि अफगानिस्तानको सिमानामा रहेको पाहाडी उत्तरी प्रान्त खैबर पख्तुनख्वामा ३५० जना भन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरु तथा सेनाले पहिरो र भारी वर्षाले प्रभावित गाउँहरूमा दर्जनौँ बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको जनाएका छन् ।

राहत शिविरहरू स्थापना गरी चिकित्सा सहायताका साथै सुक्खा राशन पनि दिइरहेका सेनाका कर्नल इरफान अफ्रिदीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

यसैवीच अधिकारीहरूले सेप्टेम्बरको मध्य सम्म मनसुनी वर्षा जारी रहने चेतावनी दिएका छन् । अधिकारीहरूका अनुसार यस वर्षाको सिजन सुरु भएदेखि बर्षाका कारण करिब ७५० जनाको मृत्यु भइसकेको छ ।

मनसुन बाढीले सन् २०२२ मा पाकिस्तानको एक तिहाइ भाग डुबाएको थियो, जसको परिणामस्वरूप लगभग १,७०० जनाको मृत्यु भएको थियो ।

Skip This
Skip This
Logo