नेपाल । विश्वले प्रविधिको तीव्र प्रगतिसँगै जलवायु परिवर्तनका चुनौतीहरू र भू–राजनीतिक परिवर्तनहरूको सामना गरिरहँदा, नेपालका विद्यार्थी र परिवारहरू अन्तर्राष्ट्रिय शिक्षातर्फ अझै बढी आकर्षित भएका छन्।
क्याम्ब्रिज इन्टरनेशनल एजुकेशन (क्याम्ब्रिज) ले जुन २०२५ को परीक्षा श्रृंखलाका नतिजा विश्वभर ६ लाख ८० हजार विद्यार्थीलाई सार्वजनिक गरेको छ – जुन गत वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि हो।
यससँगै, परीक्षामा सहभागी हुने संख्या पनि बढेर विश्वभर करिब १७ लाख पुगेको छ – जुन गत वर्षभन्दा ७ प्रतिशतले वृद्धि हो।
नेपालमा जुन २०२५ श्रृंखलामा क्याम्ब्रिज परीक्षाका ९,६०० भन्दा बढी प्रवेश दर्ता भएका थिए। क्याम्ब्रिज आईजिसिएसई र जिराे लेभलका नतिजा आज विश्वभर सार्वजनिक भए भने क्याम्ब्रिज इन्टरनेसनल एस एण्ड ए लेभलका नतिजा अगस्ट १२ मा प्रकाशित भएका थिए।
नेपालमा सबैभन्दा बढी लिइने योग्यता क्याम्ब्रिज इन्टरनेसनल एस एण्ड ए लेभल हो। यस वर्ष २२ विद्यालयका ४ हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिएका छन्, जुन गत वर्षको तुलनामा ४ प्रतिशत वृद्धि हो। नेपालमा सबैभन्दा लोकप्रिय विषयहरू गणित, भौतिकशास्त्र, इंग्लिस जनरल पेपर, रसायनशास्त्र र कम्प्युटर विज्ञान रहेका छन्।
यसले क्याम्ब्रिज कार्यक्रमको शैक्षिक गुणस्तर मात्र नभई विश्वव्यापी अध्ययन र कार्यका लागि विद्यार्थीलाई तयार पार्ने, परिवर्तनसँग अनुकूल हुन सिकाउने, र वास्तविक जीवनका विषयहरूसँग आलोचनात्मक ढंगले संलग्न हुन प्रेरित गर्ने शिक्षाको मूल्य बढिरहेको देखाउँछ।
“हामी नेपालका क्याम्ब्रिज विद्यार्थीहरूको उपलब्धि मनाउन र उनीहरूको कडा मेहनतलाई सम्मान गर्न उत्साहित छौँ,” क्याम्ब्रिजका दक्षिण एशियाका इन्टरनेशनल एजुकेशनका वरिष्ठ उपाध्यक्ष विनय शर्माले भने, “विद्यार्थीलाई विश्व–नागरिक बनाउन सक्ने शिक्षालाई अभिभावकहरूले दिन प्रतिदिन महत्व दिइरहनु उत्साहजनक छ। नेपालका अन्तर्राष्ट्रिय शैक्षिक आकांक्षासँग मेल खाने हाम्रो पाठ्यक्रममा बढ्दो विश्वासलाई यसले झल्काउँछ।”
क्याम्ब्रिजका दक्षिण एशियाका इन्टरनेशनल एजुकेशनका वरिष्ठ प्रबन्धक सत्यजीत सरकारले भने, “नेपालका क्याम्ब्रिज विद्यार्थीहरूको निरन्तर सफलताले उनीहरूको मेहनत, समर्पण तथा विद्यालय र परिवारको साथलाई प्रस्ट देखाउँछ। परीक्षामा विद्यार्थीहरूको बढ्दो सहभागिताले विश्वस्तरीय शिक्षाप्रतिको आकांक्षा र शीर्ष विश्वविद्यालय तथा विश्वव्यापी अवसरहरूतर्फको अभिमुखीकरणलाई प्रकट गर्छ।”































प्रतिक्रिया