काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५मा सेरेसले थ्री एक्स अफर ल्याएको छ ।
अटो शो अवधिभर लागू हुनेगरी सेरेसको नेपालका लागि आधिकारिक वितकर एमएडब्लु बृद्धि मोटर्सले ल्याएकाे यस अफर अन्तर्गत ३ वर्षको सम्पूर्ण बीमा कभरेज, ३ गुणासम्मको नगद छुट र बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा पुग्ने सुविधा दिइएको छ । ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।
सेरेसले अटो शोमा एसयुभी सेरेस३ प्रदर्शनमा राखेकाे छ । यसमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसमा ९९ किलोवाटको मोटर छ । ब्याट्री भने ५२.७ किलोवाट आवर क्षमताको पाउन सकिन्छ ।
चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।
भविष्यको मोबिलिटीलाई आधार मानेर विकास गरिएको सेरेसले कोराला पास हुँदै ४,६६० मिटर उचाईमा अवस्थित लोमान्थाङ पुगेर इतिहास रचिसकेको छ । यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो ।





























प्रतिक्रिया