टीपीएस सुविधा खारेज भएपछि अमेरिकामा रहेका ७ हजार नेपाली जोखिममा

टीपीएस सुविधा खारेज भएपछि अमेरिकामा रहेका ७ हजार नेपाली जोखिममा

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ ।

बुधबार पुनरावेदन अदालतले त्यो फैसलालाई स्थगित गरेकाले टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनै पर्ने भएको छ ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पलाई कारण देखाउँदै अमेरिकी सरकारले त्यसबेला विना कागजात बसेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । अमेरिकाको सान फ्रान्सिस्कोस्थित नवौँ सर्किट अपिल अदालतले आप्रवासीलाई घर पठाउन बाटो खोलिदिएको हो । यो कार्यमा यसअघि तल्लो अदालतले रोक लगाएको थियो । तल्लो अदालतले यी आप्रवासीलाई टीपीएस जारी राख्ने आदेश दिएको थियो ।

ट्रम्प प्रशासनले हालसम्म भेनेजुएला, हैटी, युक्रेन, अफगानिस्तान, क्यामरुनलगायत धेरै देशका लाखौँ व्यक्तिहरूको अस्थायी सुरक्षा स्थिति समाप्त गरिसकेको छ ।

Logo