काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लिपुलेकबारे भारत र चीनबीच भएको सहमति अस्वीकार्य भएको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले भने, ‘हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरुले पढ्यौँ, सुन्यौँ, जान्यौँ । नेपाली कांग्रेस पार्टी हाम्रा यी दुई छिमेकीले गरेको व्यहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ। अस्वीकार्य छ।’
यस विषयमा सरकारले जुन कदम अघि बढाएको छ, त्यसमा सबैलाई समेटेर अघि बढ्दै नेपाली भूमिमा अरुको आँखा पर्न दिने छैन भन्ने सन्देश दिनुपर्ने उनको भनाइ छ ।































प्रतिक्रिया