लिपुलेकबारे दुई छिमेकी सच्चिनुपर्छ, त्यो निर्णयबाट फिर्ता हुनुपर्छ -ठाकुरप्रसाद गैरे

लिपुलेकबारे दुई छिमेकी सच्चिनुपर्छ, त्यो निर्णयबाट फिर्ता हुनुपर्छ -ठाकुरप्रसाद गैरे

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नेपालको सहमतिबिना नेपालको भू–भाग प्रयोग गरी दुई देशले व्यापार गर्ने कुरा गलत भएकाे बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले भने- “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भू–भाग हो, त्यसको भोग गर्ने अधिकार नेपाललाई छ, अहिले चीन र भारतले त्यही लिपुलेक मार्ग भएर दुई देशबीचमा व्यापार गर्ने भनी समाचार आएको छ, नेपालको सहमतिबिना नेपालको भू–भाग प्रयोग गरी दुई देशले व्यापार गर्ने कुरा गलत छ, यो कुराबाट दुई छिमेकी सच्चिनुपर्छ, त्यो निर्णयबाट उहाँहरु फिर्ता हुनुपर्छ ।”

उनले भारतले लिपुलेक, लिम्पियाधरा र कालापानीप्रति एतिहासिक प्रमाणले नेपालको दाबी पुग्दैन भनी दिएको अभिव्यक्तिप्रति आपत्तिसमेत जनाए ।

Skip This
Skip This
Logo