लक्ष्मी अटोमोटिभ डिभिजनले दुईदिने ‘लक्सपेरिएन्स’ आयोजना गर्ने, सबै कार एकै छानामुनी

लक्ष्मी अटोमोटिभ डिभिजनले दुईदिने ‘लक्सपेरिएन्स’ आयोजना गर्ने, सबै कार एकै छानामुनी

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । लक्ष्मी अटोमोटिभ डिभिजनले आफ्ना ग्राहकलक्षित ‘लक्सपेरिएन्स’ आयोजना गर्ने भएकाे छ ।

‘जोय, ड्राइभ, फुड’ नाराका साथ भदौ ७ र ८ गते (शनिबार र आइतबार) कार्यक्रम गर्न लागिएको हो । गैरीधारास्थित सिल्भर ओकमा दुवै दिन बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कार्यक्रम चल्नेछ ।

लक्ष्मी ग्रुपअन्तर्गत बिक्री हुने हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ गाडी उक्त कार्यक्रममा एउटै छानामुनी उपलब्ध हुनेछन् । प्रशिद्ध चार प्रख्यात ब्रान्डका गाडीहरू प्रदर्शनमा राखिनेछ भने अन्य आकर्षक कार्यक्रमहरु तय गरिएको छ । यी ब्रान्डहरूले प्रिमियमदेखि व्यावहारिकसम्मका विभिन्न मोडलहरू प्रस्तुत गर्नेछन् ।

‘लक्सपेरिएन्स’ केवल गाडीको प्रदर्शनी मात्र नभएर एक पूर्ण मनोरञ्जनात्मक उत्सवका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

बीएमडब्ल्यू एक्सपिरेन्स ड्राइभ अन्तगर्त बीएमडब्ल्यूका सवारी साधन चलाएर अनुभव लिने अवसर प्राप्त हुनेछ । लाइभ संगीतको आनन्द लिने र विभिन्न रमाइला खेलहरूमा सहभागी हुने मौका मिल्नेछ । कार्यक्रममा सहभागी हुनेहरूका लागि आकर्षक उपहार र पुरस्कारहरूको व्यवस्था गरिएको छ ।

परिवारका लागि निःशुल्क पौडी खेल्ने सुविधा र बच्चाहरूका लागि विशेष किड्स जोनको व्यवस्था गरिएको जनाइएको छ । नेल आर्ट, मेहेन्दी, गाडीको एक्सचेन्ज तथा मूल्याङ्कन, फाइनान्स तथा बिमासम्बन्धी जानकारी र थप रमाइला गतिविधिहरूले अवलोकनकर्तालाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

Skip This
Skip This
Logo