महोत्तरीको औरही नगरपालिका १ मा आठ महिने बालिकाको चोरी भएको छ । स्थानीय सन्तोष चौधरीकी छोरी आइतबार साँझ चोरी भएको हो ।
बालिकाका बुवा सन्तोषको पसलमा बालिका खेलाउदै ति व्यक्ति बेपत्ता भएको हो । प्रारम्भिक अनुसन्धानबाट महोत्तरीकै सीतापुर भंगाहा–६, जमुनियाँका भरत साहले बालिका लिएर गएको देखिएको महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
बालिकाको खोजीका लागि प्रहरीले सबै नाकामा प्रहरी परिचालन गरेको उनले बताए । स्थानीयका अनुसार ति व्यक्ति मानसिक रुपमा अस्वस्थ्य व्यक्ति हुन् ।
यसअघि पनि गत माघमा वीरगन्ज उपमहानगरपालिका-१, छपकैयाका मुकेश पासवानको शिुशु चोरी भएको थियो ।





























प्रतिक्रिया