ककनी गाउँपालिका–१ ओखरपौवामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान काठमाडौँबाट फोहोर बोकेर सिसडोलतर्फ जाँदै गरेको बा २ ख ६११८ नं को टिपरको ठक्करबाट पैदलयात्री ४५ वर्षीय पदम बलामीको मृत्यु भएको हो ।
दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ। घटना लगतै स्थानीयले प्रदर्शन गरेपछि अहिले सडक अबरुद्ध भएको छ । फोहोर बोकेर गएको केही गाडीहरु काठमाडौँतर्फ नै फर्किएका छन् ।





























प्रतिक्रिया