विराटनगर

विराटनगर ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ । "/>

यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या !

यौनकर्मी नल्याएको विवादमा सुरक्षा गार्डको हत्या !

केन्द्रबिन्दु
0
Shares

विराटनगर

विराटनगर ४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ । हत्यामा संलग्न विराटनगर ४ पुलचौकका २६ वर्षीय सन्जय सहनी पक्राउ परेपछि यौनकर्मी विवादमा उनको हत्या भएको खुलेको हो । भट्टराई विराटनगर महानगरपालिका २ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत थिए ।

प्रहरीले विराटनगरमा लामो समय देखि ठेला चलाउने काम गर्दै आएका सहनीलाई आइतबार बिहान विराटनगर १५ बाट पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार हत्यापछि फरार रहेका सहनीको घटनामा संलग्नता पुष्टि भएपछि पक्राउ परेका हुन् । उनका अनुसार भट्टराई र सहनीबीचको चिनजान पुरानै हो।

भट्टराईको शव हार्डवेयर भित्रै बिभत्स अवस्थामा भदौ ३ गते भेटिएको थियो । उनको आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको प्रहरीले जनाएको छ । राति हार्डवेयरमा बसेका भट्टराईको हत्या भएको हो ।

पुरानै चिनजानका आधारमा सुरक्षा गार्ड भट्टराईले लागूऔषधको नसामा रहेका सहनीलाई यौनकर्मी खोजेर ल्याउनका लागि भन्दै २५ सय रुपैयाँ दिएर पठाएका थिए । ‘यौनकर्मी खोजेर ल्याइदिने भन्दै भट्टराईले दिएको पैसा बोकेर भदौ २ गते शनिबार राति बजार निस्किएका सहनी यौनकर्मी नलिइकन त्यत्तिकै फर्किएपछि दुईबीच विवाद भएछ,’ एक प्रहरी अधिकारीले भने, ‘विवाद बढ्दै गएपछि फलामको रड र भाला प्रयोग गरेर भट्टराईको हत्या भएको देखिन्छ ।’

सहनी पुरानो लागूऔषध दुव्र्यसनी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘हत्या भएको भोलिपल्ट सहनीले केही साथीलाई संगै लगेर भारतको जोगवनी पुगेर भट्टराईले यौनकर्मी झिकाउन दिएको २५ सय र भट्टराईका साथमा बाँकी रहेको तीन हजार रुपैयाँ समेत लगेर लागूऔषध सेवन गरेको खुलेको छ,’ ति प्रहरी अधिकारीले भने ।

सीसीटिभी फुटेजबाट समेत भट्टराईको हत्या सहनीले नै गरेको पुष्टि भएको प्रहरी भनाइ छ । एसपी केसीले भने, ‘हार्डवेयरमा रहेको सीसीटिभी फुटेजमा कैद भएको दृष्यले पनि हत्यामा सहनीकै संलग्नता पुष्टि गर्छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo