शुकदेव थपलिया
काठमाडौँ

कथाकार दिनमान गुर्मछान ‘दंश’ कथासङ्ग्रह लिएर बजारमा आएका छन् । "/>

कथाकार गुर्मछान दंश लिएर बजारमा

कथाकार गुर्मछान दंश लिएर बजारमा

केन्द्रबिन्दु
0
Shares

शुकदेव थपलिया
काठमाडौँ

कथाकार दिनमान गुर्मछान ‘दंश’ कथासङ्ग्रह लिएर बजारमा आएका छन् । शनिबार काठमाण्डौको मण्डला थियटरमा उनको कथासंग्रह सार्वजनिक भएको हो । बिमोचन समारोहमा साहित्यकार प्रा डा अभि सुवेदी , कथाकार नवीन विभास, समालोचक वन्दना ढकाल लगायतले पुस्तकको एकै साथ बिमोचन गरेका थिए । बिमोचन समारोहलाई सम्बोधन गर्दै मुख्य वक्ताका रुपमा सहभागी भएका साहित्यकार प्रा डा अभि सुवेदीले गुर्मछानको कथा संग्रहले नेपाली समाजमा अनेक कारणले ठगिएका र डसिएका मानिसको जीवनका विभिन्न परिस्थितीहरुलाई साहित्य मार्फत बाहिर ल्याएको बताए ।

उनले मुलुकको समृद्धिका लागि विपन्न वर्ग तथा पिछडिएका समुदायको सामाजिक रुपान्तरणमा साहित्यकारले सिर्जना गर्नुपर्नेमा जोड दिए । सुवेदीले भने, ‘कथाहरू यथार्थपरक छन् , पढ्दै जाँदा नयाँ स्वादहरू फेला पारेको छु ।’ पछिल्लो समय प्रयोगको नाममा जटिल कथाहरू आइरहेको बेला कथाकार गुर्मछानले भने फरक शैलीमा सरलीकृत ढंगबाट कथालाई प्रस्तुत गरेकाले यसबाट आफू मात्रै प्रभावित नभएर सबैलाई मनमा दंश गर्नेमा कुनै शंका नरहेको बताए । उनले संग्रहभित्र वास्तविक नेपाली समाजको अनुहार देखिएको समेत बताए ।

कार्यक्रमका वक्ता एवं कथाकार नवीन विभासले जटिल कुराहरूलाई पनि कथामा सरल भाषामा लेख्न सक्नु कथाकारको खुबी भएको भन्दै ‘कथालाई सरल भाषामा लेख्न सक्नु निकै जटिल कुरा हो तर कथाकार यसमा सफल देखिएको बताए । उनले भने,‘ मधेस र त्यहाँका जनताहरूलाई कथाको पात्र र परिवेशको रुपमा चित्रण गरिएको छ । कथा पढ्दै जाँदा मैले उनीहरूको झुपडीमा पुगेको आभास गरेँ ।’ कथाकारको पहिलो कथासंग्रह नै सशक्त भएको हुनाले शुभकामना समेत दिए ।

यस्तै समालोचक वन्दना ढकालले कृतिको समीक्षा गर्दै मुलुकको राजनीतिक अस्थिरताका कारण आर्थिक प्रगति हुन नसकेका सन्देश कृतिमा पाइएको विचार व्यक्त गरिन् । उनले नागरिकको सामाजिक सशक्तीकरण नभईकन देश विकास हुन नसक्ने विश्लेषण कथामा रहेको बताइन् ।’
‘दंश’ भित्रका कथाहरूले नेपाली समाजमा रहेका नारीहरूले भोगेका पीडा र वेदनाको चित्रण गरेका छन् । ‘ कथामा भएका पात्र नारी र मुस्लिम समुदायका प्रतिनिधि पात्र हुन् ’लेखक ढकालले भनिन् , ‘दंश भित्रका कथाहरूले भर्खरै घटेका समाजका घटनालाई इंगित गरेका छन् ।’ पछिल्लो समय नेपाली साहित्यमा कथाको खडेरी भएको बेलामा सशक्त कथा लिएर आउनु खुसीको कुरा भएको पनि उनले बताइन् ।

दंशका लेखक गुर्मछानले आफ्नो कृतिबारे समाजमा रहेको विकृति तथा अन्धकारलाई न्यूनीकरण गरी उज्यालो ल्याउन सकिन्छ भन्ने सन्देश दिन आफूले सो कृति प्रकाशनमा ल्याएको बताए । सामाजिक विषयवस्तुलाई मनोवैज्ञानिक आख्यानात्मक रुपमा समेटिएको उक्त कृतिभित्र रहेका १८ वटा कथाले समाजका यथार्थतालाई देखाउन खोजिएको छ । शाब्दिक बुक्सले प्रकाशन गरेको यस संग्रहको मुल्य ३ सय ४५ रहेको छ ।

 

Skip This
Skip This
Logo