काठमाडौं । महिलाहरुकाे विशेष पर्व हरितालिका तीजलाई लक्षित गरेर काठमाडौं मेडिकल कलेज (केएमसी)ले एक विशेष कार्यक्रमको आयोजना गरी आफ्ना महिला चिकित्सक, नर्स तथा कर्मचारीलाई दर खुवाएको छ ।
कलेजले हरेक वर्ष तीजको अवसरमा दर खुवाउने परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि भव्य रुपमा आयोजना गरेको हो । कार्यक्रममा उपस्थित महिला कर्मचारीले दरका परिकारहरू साथै आपसमा तीजको शुभकामना आदान–प्रदान गर्दै सांस्कृतिक वातावरणलाई अझै प्रगाढ बनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले दरको सांस्कृतिक तथा सामाजिक महत्त्वबारे प्रकाश पारेका थिए । उनीहरूले तीज पर्वले महिलाबीच एकता, आत्मीयता र स्नेहको सम्बन्धलाई अझ बलियो बनाउन योगदान गर्ने बताए । साथै, यस किसिमका कार्यक्रमहरूले कार्यस्थलमै उत्सवमय वातावरण सिर्जना हुने र महिला कर्मचारीलाई सम्मान र प्रोत्साहन गर्ने अवसर दिने कुरा उल्लेख गरिएकाे थियाे ।
महिला चिकित्सक, नर्स तथा कर्मचारीहरूले भने कलेजले हरेक वर्ष दर खुवाएर महिलाप्रति विशेष सम्मान र सम्बोधन गरेको भन्दै खुशी प्रकट गरेका थिए ।































प्रतिक्रिया