मलंगवा

लालबन्दी बजारमा बिक्री गर्न ल्याइएको घिरौला व्यापारीले दुई रुपैयाँ केजीमा दिँदा समेत खरिद नगरेपछि किसान आन्दोलित भएका छन् । "/>

दुई रुपैयाँ किलोमा पनि घिरौला बिक्री नभएपछि सडकमा फालेर विरोध

दुई रुपैयाँ किलोमा पनि घिरौला बिक्री नभएपछि सडकमा फालेर विरोध

केन्द्रबिन्दु
0
Shares

मलंगवा

लालबन्दी बजारमा बिक्री गर्न ल्याइएको घिरौला व्यापारीले दुई रुपैयाँ केजीमा दिँदा समेत खरिद नगरेपछि किसान आन्दोलित भएका छन् । दुई रुपैयाँ केजीमा बिक्री गर्न धेरै बेर प्रतिक्षा गरेपनि व्यापारीले घिरौला खरिद नगरेपछि बाध्य भएर सडकमा फाल्नु परेको किसानको भनाइ छ ।

उत्पादन बढेकै कारण पछिल्ला दिनमा यहाँ घिरौला, पर्वल, लौका, बोडी लगायतका तरकारी सस्तो भएको छ । बजारमा आएका व्यापारीले अरु तरकारी किने पनि घिरौला खरिद नगर्दा किसान आन्दोलित भएका हुन् । किसानले पूर्व पश्चिम राजमार्गमा घिरौला फालेर विरोध जनाएका हुन् ।

किसानको विरोधले गर्दा आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो । किसानको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको थियो । बजारमा घिरौलाको माग कम भएको तर उत्पादन बढेको लालबन्दीका व्यापारी नवलकिशोर यादवको भनाइ छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo