पाल्पा

लुम्बिनी मेडिकल कलेज पाल्पाले वार्षिक मूल्यांकनमा आएको टोलीलाई झुक्याउन यस वर्ष पनि भाडाका बिरामी प्रयोग गरेको भेटिएको छ । "/>

लुम्बिनी मेडिकल कलेजमा भाडाका बिरामी !

लुम्बिनी मेडिकल कलेजमा भाडाका बिरामी !

केन्द्रबिन्दु
0
Shares

पाल्पा

लुम्बिनी मेडिकल कलेज पाल्पाले वार्षिक मूल्यांकनमा आएको टोलीलाई झुक्याउन यस वर्ष पनि भाडाका बिरामी प्रयोग गरेको भेटिएको छ । विगत वर्षमा जस्तै अनुगमनको समयमा भाडाका बिरामीले अस्पताल भरेर प्रभावित पार्ने कार्य दोहो¥याएको भेटिएको हो ।

काठमाडौं विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलको चार सदस्यीय अनुगमन टोलीले दुई दिन सम्म कलेजको अनुगमन गरेको थियो । काठमाडौंबाट आएको टोलीले ६ र ७ भदौमा गरेको अनुगमनका क्रममा कलेजले बिरामीको संख्या बढी देखाउन गाउँगाउँबाट भाडाका बिरामी ल्याएको भेटिएको स्रोतको दाबी छ ।

टोलीको प्रतिवेदनका आधारमा कलेजले पढाउन पाउने एमबीबीएस र एमडीको विद्यार्थी संख्या र विशेषज्ञ सेवा सञ्चालन कटौती समेत हुन सक्ने भएकाले कलेजले यस्तो गरेको हो । बिरामी संख्या र चाप, भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र गुणस्तर लगायतका विषय अनुगमनमा हेर्ने गर्छ ।

कलेजले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका र माथागढी गाउँपालिकाबाट कर्मचारी मार्फत भाडामा बिरामी ल्याएर दुई दिन सम्म कलेजले सञ्चालन गरेको अस्पतालमा राखेको स्रोतले जनाएको छ । केहीलाई एक दिन भर्ना गरेर राखियो भने केहीलाई ओपीडीमा उपचार गरेर घर पठाइएको थियो ।

कलेजले भाडामा ल्याएका नक्कली बिरामीलाई दैनिक मासु सहितको खाना, खाजा र ५ सय देखि १ हजार रुपैयाँसम्म ज्याला र यातायातको सुविधा दिएको बिरामीका रूपमा अस्पताल पुगेकाहरुले बताएका छन् ।

तर कलेजले भने अनुगमनका बेला भाडामा बिरामी ल्याएको भन्ने विषयलाई अस्वीकार गरेको छ । उसले अनुगमनको पूर्व सूचना नहुने र ७ सय भन्दा बढी बिरामी भएकाले भाडामा ल्याउनुपर्ने आवश्यकता नरहेको बताएको छ । कलेजले निःशुल्क स्वास्थ्य उपचार र विशेषज्ञ शिविर चलेको भन्दै झुक्याएर बिरामी ल्याउने गरेको स्थानीयको आरोप छ । भाडाका बिरामी ल्याउन सामाजिक सेवा युनिट शाखा स्थापना गरिएको छ भने स्थानीय अगुवाहरु परिचालन र रोजगारी समेत दिएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo