काठमाडौं
प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा आज सार्वजनिक बिदा दिइएको छ । सम्बन्धित प्रदेश सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिए । यसअघि प्रदेश सरकारले बिदा दिए पनि सङ्घीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए ।
प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ ।
यसैगरि प्रदेश नम्बर ७ सरकारले पनि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा प्रदेश मातहतका सरकारी कार्यालयहरु तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश ७ कार्यालयले निकालेको विज्ञप्तिमा जनाइएको छ । संघीय सरकारले भने जनै पूर्णिमाको बिदा कटौती गरेको छ ।





























प्रतिक्रिया