काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले केही दिनअघि एक कार्यक्रममा भनेका थिए, ‘सरकारमा त छैन, तर देशको राजनीतिको खम्बा मैले छोडिदिए सबै भत्किने जस्तो लाग्छ । ग्र्याल्याम गुर्लुङ ढल्ने पो हो कि जस्तो लाग्छ । पूरै जिम्मा मेरो काँधमा जस्तो लागिरहेको छ ।’
त्यसपछि जनार्दनकाे याे टिप्पणी आएकाे हाे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्त्यकथा हो । आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो ।’































प्रतिक्रिया