काठमाडौं
कांग्रेस नेता डा शेखर कोइरालाले कञ्चनपुर घटनाका दोषीलाई उन्मुक्ति दिएर सरकारले दण्डहिनतालाई प्रश्रय दिएको बताएका छन् ।
डा कोइरालाले प्रहरी प्रशासन घटना कमजोर पार्न लागि परेको बताउँदै दोषी जतिसुकै शक्तिशाली भएपनी कानुनी कठघरामा ल्याउनूपर्ने बताए । कोइरालाले बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दा सरकारले जनतालाई गोली उपहार दिएको समेत बताए ।
नेपाल महिला संघ मोरङले सलकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले सरकारलाई एकदलीय तानाशाहीको संज्ञा दिँदै संविधान प्रदत्त नागरिक अधिकार नखोस्न चेतावनी समेत दिए । कार्यक्रममा प्रदेश सभा सदस्यहरू लोकप्रसाद संग्रौला र शेखर थापा, मोरङ कांग्रेसका युवा नेताहरु बसन्त भट्टराई, ललित श्रेष्ठ, देवराज तामााङ लगायतले बोलेका थिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया