रौतहट
रौतहटमा डुंगा दुर्घटनामा परी बेपत्ता भएका भनिएका मध्ये २२ जना सम्पर्कमा आएका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार २२ जना प्रहरी सम्पर्कमा आएका हुन् ।
डुंगा चालक इस्नाथ नगरपालिका बन्जाराहाका पप्पु सिंह, गौर ४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सहनी र ५२ वर्षीया सीतापति देवी सहनी सहित २२ जना खोला तैरिएर सकुशल प्रहरी सम्पर्कमा आएको रौतहटका प्रहरी प्रमुख केदार ढकालले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बेस क्याम्पस अरहैयाका सशस्त्र प्रहरी निरीक्षक रामबालक प्रसाद साहले दिएको जानकारी अनुसार सशस्त्रको टोलीले गौर ४ का जयप्रकाश गिरी, सुखियादेवी सहनी, शिरिभगवान यादव, महेन्द्र सहनी, विश्वनाथ साह, अंगद कश्वान, सन्तोष दास, गजेन्द्र सहनीलाई उद्दार गरेको छ ।
बन्जरापट्टी १५ जना सम्पर्क आइसकेको र टिकुलियाघाटतर्फ ७ जना गरी २२ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख ढकालका अनुसार अन्यको खोजी भइरहेको छ । सय भन्दा वढी सुरक्षाकर्मी, स्थानीय पौडीबाज, विपद व्यवस्थापनसँग सम्बन्धि संस्थाका स्वयं सेवक परिचालन गरिएको छ ।
बन्जाराहबाट सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको डुंगालाई शनिबार साँझ लालबकैया खोलामा आएको बाढीले बगाएको हो । ढुंगा चालक सिंहले प्रहरीलाई बताए अनुसार ढुंगामा ४० जना जति सवार थिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया