अब गलत कागजात बनाई सामाजिक सुरक्षा भत्ता लिने र भत्ताको दुरुपयोग गर्ने ब्यक्तिलाई कारबाही हुने भएको छ ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रतिनिधि सभाको सचिवालयमा पेश गरेको ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा यस्तो व्यबस्था गरिएको हो । "/>

अब गलत विवरण पेश गरेर भत्ता लिए जरिवाना

अब गलत विवरण पेश गरेर भत्ता लिए जरिवाना

केन्द्रबिन्दु
0
Shares

अब गलत कागजात बनाई सामाजिक सुरक्षा भत्ता लिने र भत्ताको दुरुपयोग गर्ने ब्यक्तिलाई कारबाही हुने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रतिनिधि सभाको सचिवालयमा पेश गरेको ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा यस्तो व्यबस्था गरिएको हो । यो विधेयक प्रतिनिधि सभामा पेश भै पारित भएको खण्डमा यो व्यबस्था लागु हुनेछ । आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकका लागि सामाजिक सुरक्षा भत्ता वितरण गर्र्दै आएको छ ।

विवरण ढाँटी भत्ता लिएमा, ऐन नियम विपरीत लिएमा, कुनै व्यक्तिले प्राप्त गरेको सामाजिक सुरक्षा निजको संरक्षक, माथवर वा स्याहार गर्ने व्यक्ति वा अन्य व्यक्तिले दुरुपयोग गरेमा वा निजको हित विपरीत प्रयोग गरेमा वा गलत सिफारिस गरेमा कसुर मानिने छ ।

यस्तो कसूर गरेमा कसुर गर्ने व्यक्तिले लिएको रकम असुल गरी निजलाई विगो बराबर जरिवाना हुनेछ । त्यस्तै गलत सिफारिस गर्ने सम्बन्धित अधिकारीलाई प्रचलित कानून बमोजिम सजाय गर्ने ब्यवस्था पनि विधेयकमा उल्लेख छ । त्यसका लागि सम्बन्धित ब्यक्तिले स्थानीय तहको न्यायिक समितिमा उजुरी गर्नु पर्नेछ ।

Logo