भारतीय ब्याट्सम्यान पुजाराले लिए सन्यास

भारतीय ब्याट्सम्यान पुजाराले लिए सन्यास

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । भारतीय ब्याट्सम्यान चेतेश्वर पुजाराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

३७ वर्षीय पुजाराले सन् २०१० मा टेस्ट क्रिकेटमा डेब्यू गरेपछि १०३ टेस्ट खेलमा ७,१९५ रन बनाउन सफल भएका थिए, जसमा १९ शतक र ३५ अर्धशतक पनि समावेश छन्।

सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनलपछि उनी राष्ट्रिय टोलीमा थिएनन्। आफ्नो सन्यासको घोषणा गर्दै पुजाराले सामाजिक सञ्जालमा लेखेका छन्, “भारतीय जर्सी लगाउनु, राष्ट्रिय गान गाउनु र प्रत्येक पटक मैदानमा उत्रँदा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुको अर्थ शब्दमा व्यक्त गर्न असम्भव छ।”

उनले थप लेखेका छन्, “तर, सबै राम्रा कुराहरूको अन्त्य हुन्छ भनेझैं, म ठूलो कृतज्ञताका साथ भारतीय क्रिकेटका सबै स्वरूपहरूबाट सन्यास लिने निर्णय गरेको छु। तपाईंहरूको सबै माया र समर्थनका लागि धन्यवाद!”

अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहे पनि पुजारा घरेलु तथा काउन्टी क्रिकेटमा सक्रिय थिए । उनको यो निर्णय पूर्वकप्तान विराट कोहली, रोहित शर्मा र स्पिनर रविचन्द्रन अश्विनले पछिल्लो एक वर्षमा टेस्ट क्रिकेटबाट सन्यास लिएपछि आएको हो।

Skip This
Skip This
Logo