काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च रहेको पाइएको छ । एक वर्षको अवधिमा नेपालमा १७ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको हो।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार यो अवधिमा १७ अर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन हालसम्मकै उच्च हो।
राष्ट्र बैंकका अनुसार असार महिनामा मात्रै १ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १७ अर्ब ७८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।
यस्तै समीक्षा वर्षमा खुद ट्रान्सफर आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । गत वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।































प्रतिक्रिया