बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज देशभर कस्तो रहला मौसम ?

बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज देशभर कस्तो रहला मौसम ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।

देशभर साधारणतया बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै राति भने देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी पहाडी र तराई भू -भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Skip This
Skip This
Logo