एसपिजि अटोमोबाइल्सले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै प्रस्तुत गर्‍याे ‘आइकार भि-२३’, यस्ता छन् विशेषता

एसपिजि अटोमोबाइल्सले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै प्रस्तुत गर्‍याे ‘आइकार भि-२३’, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपालमा ओमोडा एन्ड जेकोको गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार मि-२३ को पहिलो झलक भदौ ९ गते गैरीधारास्थित, सिल्भर ओकमा आयोजित ‘प्रिभ्यू कार्यक्रम’मा प्रस्तुत गरेको छ।

ओमोडा एन्ड जेको र आइकार दुवै चिनियाँ अटोमोबाइल निर्माता चेरि ग्रुपको हिस्सा हो । जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ। चेरिले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरूमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।

आइकार भि-२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ बेन्चमार्क स्थापित गरेको छ । साइबर टेक डिजाइनसहितको यो रेट्रो-क्लासिक एसयुभि टफ (मजवुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ । यसमा १०० किलोवाटको सिङ्गल मोटर सेटअप रहेको छ। जसले १८० न्यूटनमिटरको टर्क प्रदान गर्छ । यसमा ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ । यस एसयुभीको लम्बाइ ४२२० मिलिमिटर, चौडाइ १,९१५ मिलिमिटर, उचाइ १,८४५ मिलिमिटर र हिवलबेस २७३५ मिलिमिटर रहेको छ ।

नेपालसहित विश्वभर रगेड देखिने विद्‌युतीय सवारीसाधनप्रति बढ्‌दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै यो विभिन्न छ वटा रंग विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ ।

यस एसयुभिको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरु (डायलहरू)’ रहेको छ । जसले ट्‌याक्टाइल विशेषताहरुलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ । यो एसयुभिको ७० प्रतिशतभन्दा बढी भाग, हाइ स्ट्रेन्थ-स्टिलको प्रयोग गरी हाइ रिजिडिटी बडीमा निर्मित रहेको छ। यसले इन्टरप्राइज-रोड ब्याट्री सेफ्टि’ मापदण्ड पालना गरेको छ, जसले आइकारको टिकाऊपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

कार्यक्रममा सहभागीहरूले गाडीको ‘इन्टेलिजेन्ट टेक’ विशेषताहरुको प्रत्यक्ष अनुभव गरेका थिए भने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए। ओमोडा एन्ड जेकोको समेत आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपाली ग्राहकहरुका लागि वि‌द्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको छ ।

आइकार एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको थियो । यसको पहिलो मोडल भि२३ नेपालमा समेत छि‌ट्टै सार्वजनिक हुँदैछ ।

Skip This
Skip This
Logo