काठमाडाैं । संघीय संसद, प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि निर्वाचन हुने भएको छ।
प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम रिक्त रहेको समितिको सभापति पदको निर्वाचनको लागि संघीय संसद सचिवालयले सूचना प्रकाशित गरेकाे हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको सूचनाअनुसार, निर्वाचन २०८२ साल भदौ ११ गते बुधबार बिहान ११ बजे हुनेछ।
समिति सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा गएकाे साउन २८ गते पदबाट राजीनामा दिएपछि सभापति पद अहिले रिक्त छ। खतिवडा नेपाली कांग्रेसबाट सभापति बनेका थिए । रिक्त पदमा पनि कांग्रेस नै अग्रसर देखिन्छ । समितिको सभापतिमा अन्य दलले दाबी गरेको अहिलेसम्म सार्वजनिक भएको छैन।































प्रतिक्रिया