न्युकासलविरुद्ध लिभरपुलको सनसनीपूर्ण जित, १६ वर्षका रियोकाे निर्णायक गाेल

न्युकासलविरुद्ध लिभरपुलको सनसनीपूर्ण जित, १६ वर्षका रियोकाे निर्णायक गाेल

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । इंग्लिस प्रिमियर लिगको खेलमा लिभरपुलले न्युकासलमाथि रोमाञ्चक जित दर्ता गरेकाे छ । गएराति भएकाे खेलमा लिभरपुलले न्युकासललाई ३-२ गोल अन्तरले स्तब्ध पारेकाे हाे ।

खेलको ३५औं मिनेटमा रायन ग्राभेनबर्चले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर एन्थोनी गोर्डनले राताे कार्ड पाएर बाहिरिएपछि न्युकासल दबाबमा आएको थियो।

दोस्रो हाफ सुरु भएको पहिलाे मिनेटमै लिभरपुलका ह्युगो एकिटिकेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। तर, १० खेलाडीमा सीमित भए पनि न्युकासलले हार मानेन।

न्युकासलका ब्रुनो गुइमारेसले ५७औं मिनेटमा एक गोल फर्काए। त्यसपछि विलियम ओसुलाले ८८औं मिनेटमा गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

तर खेलको नियमित समय सकिएर थप गरिएको १० मिनेटको अतिरिक्त समयको अन्तिम मिनेटमा लिभरपुलका १६ वर्षका युवा खेलाडी रियो ङुमोहाले गोल गर्दै आफ्नो टोलीलाई अविश्वसनीय जित दिलाए।

Skip This
Skip This
Logo