साफ यू–१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै

साफ यू–१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ। बुधबार भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरू हुनेछ।

नेपालले आइतबार तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो। त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २–१ गोलले पराजित गरेको थियो।

आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधिबाट बाहिरिनेछ । प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्।

Skip This
Skip This
Logo