काठमाडौं । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको हत्या आरोपी लक्ष्मण पासवान शरीर जलेको अवस्थामा फेला परेका छन् ।
आइतबार गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीय रुवी शाह सुडीको शव सुटकेसभित्र फेला परेको थियो । हत्याका मुख्य आरोपी पासवान रहेको आशंकामा खोजी कार्य जारी राखेको थियो । तर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएको अवस्थामा माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा भेटिएका हुन् ।
हाल उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ ।































प्रतिक्रिया