गीतकार नारायण खतिवडाको पुस्तक ‘बहार’ विमोचन

गीतकार नारायण खतिवडाको पुस्तक ‘बहार’ विमोचन

केन्द्रबिन्दु
75
Shares

काठमाडाैं । गीतकार नारायण खतिवडाको गीति सङ्ग्रह पुस्तक “बहार” पुस्तक विमोचन भएको छ ।

हरितालिका तीजको अवसरमा सार्वजनिक गरिएको गीति पुस्तकमा ९४ वटा गीतहरू समावेश छ । पुस्तकमा समाजका परिवेश तथा परिस्थितिलाई आन्तरिकीकरण गरि कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यसमा सामाजिक विषयवस्तु, राष्ट्र राष्ट्रियता, देशप्रेम, सयोगान्त र बियोगान्त, चेतनामूलकक गीतहरू रहेका छन् ।

पुस्तकको विमोचन सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य थापामगर, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, नेपाल साङ्गीतिक सङ्गका अध्यक्ष मिलन मोक्तान, सङ्गीत रोयल्टी संकलन समाजका महासचिव वसन्त सापकोटा, स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठ रोदन लगायत साहित्यप्रेमीहरूले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरिएको हो ।

कार्यक्रमको संचालक प्राध्यापक तथा वरिष्ठ समालोचक सनद कुमार वस्तीले गरेका थिए ।

Skip This
Skip This
Logo