एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको हाे । धामीले महरविरुद्ध साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन् ।

फागुन २०८० मा महरलाई अनुशासन उल्लङ्घन गरिएको भन्दै पार्टीले बर्खास्त गरेको थियो । एक महिनापछि फेरि उनलाई एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

Skip This
Skip This
Logo