दसैं र तिहारलाई लक्षित गरेर ‘बजाज प्रिमियर लिग’ सार्वजनिक, यस्ता छन् आकर्षणहरु

दसैं र तिहारलाई लक्षित गरेर ‘बजाज प्रिमियर लिग’ सार्वजनिक, यस्ता छन् आकर्षणहरु

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैं र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग’ सार्वजनिक गरेको छ ।

सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन बजाज प्रिमियर लिग सुरु गरेको हो ।

क्याम्पेनका मुख्य आकर्षणहरु

-जति धेरै रन, त्यति धेरै पुरस्कार

-सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार रुपैयाँ नगद उपहार

-प्लेयर अफ दि वीक बन्ने ग्राहकलाई १ लाख नगद

-चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर ।

नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ ।

Logo