धनगढी

प्रदेश ७ को सरकारले कञ्चनपुरमा विकसित पछिल्लो असहज अवस्थामा सबै पक्षलाई संयम हुन आग्रह गरेको छ । "/>

प्रदेश नं. ७ : सरकारद्वारा कञ्चनपुरवासीलाई संयमित हुन आग्रह

प्रदेश नं. ७ : सरकारद्वारा कञ्चनपुरवासीलाई संयमित हुन आग्रह

केन्द्रबिन्दु
0
Shares

धनगढी

प्रदेश ७ को सरकारले कञ्चनपुरमा विकसित पछिल्लो असहज अवस्थामा सबै पक्षलाई संयम हुन आग्रह गरेको छ । मंगलबार देखि महेन्द्रनगर अशान्त हुदै गएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै विहीबार प्रदेश सरकारले प्रधानमन्त्री र गृहमन्त्रीसँग विशेष समन्वय गरिरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले बताएका छन् ।

प्रदेश ७ का सरकारका प्रवक्ता समेत रहेका मन्त्री शाहले बिहीबार मन्त्रीपरिषद्को बैठकमा कञ्चनपुरको पछिल्लो अवस्थाका बारेमा गम्भिर छलफल भएको बताए । कञ्चनपुरमा १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको क्रुर एवं जघन्य घटना भएकोमा प्रदेश सरकार प्रष्ट रहेको बताउदै उनले छानबिनका लागि उच्च स्तरीय छानबिन समिति गठन गरी पीडितलाई न्याय दिलाउन प्रदेश सरकार प्रयन्तरत रहेको बताए ।

‘महेन्द्रनगरको पछिल्लो अवस्थाका बारेमा हामी निकै संवेदनशील छौं’ मन्त्री शाहले भने, ‘पछिल्लो अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई अवगत गराउदैं पीडितलाई न्याय दिलाउन उच्च स्तरिय छानबिन समिति गठन गर्न आग्रह गरेका छौ ।’ मन्त्री शाहले भने ‘यस घडीमा स्थानीयलाई संयमित हुन प्रदेश सरकार विशेष आग्रह गर्दछ ।’
राजधानीबाट

Skip This
Skip This
Logo