मकवानपुर

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा यही ट्रेण्डले काम गरे एक सय बर्षमा पनि उल्लेख्य काम गर्न नसकिने भन्दै चिन्ता व्यक्त गरेका छन् । "/>

प्रदेश नं. ३ : मन्त्रालयका कार्यप्रगति प्रति मुख्यमन्त्री पौडेल चिन्तित

प्रदेश नं. ३ : मन्त्रालयका कार्यप्रगति प्रति मुख्यमन्त्री पौडेल चिन्तित

केन्द्रबिन्दु
0
Shares

मकवानपुर

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा यही ट्रेण्डले काम गरे एक सय बर्षमा पनि उल्लेख्य काम गर्न नसकिने भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रदेश राजधानी हेटौंडास्थित प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुगमन पछि आयोजित छलफलमा बोल्दै उनले ढिलासुस्ती परम्परालाई तोडेर परिणाममुखी काम गर्न मन्त्री र कर्मचारीलाई निर्देशन समेत दिए।

‘प्रदेशमा परिवर्तन, समृद्धी ल्याउने र भष्ट्राचारमुक्त बनाउँछौं भनेका छौं,’ उनले भने, ‘तर ६–७ महिना भईसक्यो, यसरी नै बित्छ कि भनेर चिन्ता पो लाग्न थाल्यो ।’ पूर्वाधारका हिसावले सबैभन्दा सुविधा सम्पन्न भए पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रगति प्रति मुख्यमन्त्रीले असन्तुष्टी जनाए । पहिला काम गरेर परिणाम देखाउन आग्रह गर्दै उनले त्यसपछि मात्र कर्मचारीको सेवा, सुविधाको कुरा गर्न अनुरोध गरे।

दुनियाँले प्रदेश ३ लाई अगुवा प्रदेशको रुपमा हेरेको बताउँदै उनले कर्मचारीले द्रुत गतिमा काम गर्न आफु र कार्यशैलीलाई परिवर्तन गर्नै पर्ने बताए । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार र गलत काम गर्ने कर्मचारीलाई दण्डित गर्न सके मात्र धेरै काम गर्न सकिनेमा उनले जोड दिए ।

यता भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्मचारीले आफुलाई सम्मान नगरेको भन्दै प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले गुनासो गरेका छन् । ‘मैले यहाँ आउँदा त्यस्तो फिल (अनुभव) गरे, कस्ले के गरे म भन्दिन,’ उनले भने, ‘तपाईले आफु भन्दा ठुलाको ईज्जत गर्नु भएन भने तपाईलाई कसैले ईज्जत गर्दैन ।’ मन्त्रालयको अनुगमनमा गएका मुख्यमन्त्रीको स्वागत सम्मानमा कर्मचारीहरुले खासै चासो नदेखाए पछि उनले त्यस्तो बताएका हुन् ।

प्रदेशका मुख्यमन्त्री अनुगमनमा आउने पूर्व सूचना हुँदा समेत अधिकांश कर्मचारीले अटेर गरि विना पोशाक कार्यालय गएका थिए । मुख्यमन्त्रीसँगको छलफलमै सहभागी करिब २ दर्जन कर्मचारी मध्ये करिब आधा कर्मचारीले कार्यालय पोशाक लगाएका थिए । प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालले कर्मचारीलाई पोशाकका लागि रकम बृद्धि समेत गरेको बताउँदै कार्यालयमा अनिवार्य पोशाकमै उपस्थित हुन निर्देशन दिए ।
नागरिकबाट

Logo