काठमाडौँ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । "/>

सर्वोच्चले छोड्न आदेश दिएपछि रिहा भएका प्रकाण्ड पुनः पक्राउ

सर्वोच्चले छोड्न आदेश दिएपछि रिहा भएका प्रकाण्ड पुनः पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

आज सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिए लगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

यसअघि साउन २३ गते चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । तर प्रहरीले काभ्रेमा भएको आगजनीको मुद्दामा पुनः पक्राउ गरेको थियो ।
रासस

Skip This
Skip This
Logo