पशुपतिमा हड्डी किनबेच गरेको आरोपमा पक्राउ परेका ४ जना धरौटीमा छुटे

पशुपतिमा हड्डी किनबेच गरेको आरोपमा पक्राउ परेका ४ जना धरौटीमा छुटे

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जना धरौटीमा छुटेका छन् ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । रिहा हुनेमा सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

Skip This
Skip This
Logo