टेलर स्विफ्टले गरिन् इन्गेजमेन्ट

टेलर स्विफ्टले गरिन् इन्गेजमेन्ट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । विश्व प्रसिद्ध पपस्टार टेलर स्विफ्ट र उनका पार्टनर तथा एनएफएल स्टार ट्राभिस केल्सीले इन्गेजमेन्टको घोषणा गरेका छन्।

गत अगस्ट २६ मा स्विफ्टले आफ्नो इन्स्टाग्राम पोस्टमा इन्गेजमेन्टको खबरसँगै औँठीको तस्बिर पनि साझा गरेकी छिन्।

दुई वर्ष लामो प्रेम सम्बन्धपछि यो जोडीले विवाह गर्ने निर्णय गरेको हो। उनीहरूको प्रेम कहानीको सुरुवात केल्सीको एक अनौठो प्रयासबाट भएको थियो। सन् २०२३ को जुलाईमा स्विफ्टको ‘इरास टुर’ कन्सर्टमा जाँदा केल्सीले आफ्नो फोन नम्बर लेखिएको एउटा ‘फ्रेन्डसिप ब्रेसलेट’ उनलाई दिन खोजेका थिए। यद्यपि उनी असफल भए।

त्यसपछि उनले आफ्नो ‘न्यु हाइट्स’ नामक पोडकास्टमा यस विषयमा सार्वजनिक रूपमा कुरा गरेका थिए, जसबाट उनीहरूको भेटघाट सुरु भयो। हालै स्विफ्टले पनि सोही पोडकास्टमा मजाक गर्दै भनेकी थिइन्, “यो पोडकास्टका कारण नै मैले ब्वाइफ्रेन्ड पाएँ”

अक्टोबर २०२३ मा उनीहरूले ‘सटर्डे नाइट लाइभ’ को आफ्टरपार्टीमा एक-अर्काको हात समातेर हिँडेपछि उनीहरूको सम्बन्ध बाहिरिएकाे थियाे । यसै वर्षको जुन महिनामा स्विफ्ट र केल्सीले नाशभिलमा भएको ‘टाइट एन्ड युनिभर्सिटी’ नामक तीन दिने ग्रीष्मकालीन तालिम शिविरमा सँगै रेड कार्पेटमा प्रवेश गरी आफ्नो सम्बन्धलाई थप सार्वजनिक बनाएका थिए।

Logo