रास्वपाका नेता अरनिको पाँडे २० हजार धरौटीमा छुटे

रास्वपाका नेता अरनिको पाँडे २० हजार धरौटीमा छुटे

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडे २० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप लागेपछि पाँडे बुधबार साइबर ब्युरो पुगेका थिए। उनको त्यसदिन बयान लिएर बिहीबार सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउँदा अदालतबाट ४ दिन म्याद मागिएको थियो ।

Skip This
Skip This
Logo