काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै नेपालको सार्वभौमिकताको विषयमा ध्यानाकर्षण गराएका छन्।
मेयर बालेनले सामाजिक सञ्जालमार्फत लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण भएको बताएका छन्। उनले लिपुलेक नेपालकै हो भन्ने कुरा चीनलाई सम्झाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
शाहले आफ्नो सन्देशमा भनेका छन्, “नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला। अल द बेष्ट हामीलाई तपाईं माथि पुर्ण विश्वास छ।”
प्रधानमन्त्री ओली हाल चीनको औपचारिक भ्रमणमा छन्। उनको यो भ्रमणलाई नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।





























प्रतिक्रिया