संवैधानिक निकायको अध्यक्ष तथा सदस्यहरु अब खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ । संवैधानिक परिषदले आज एक सूचना प्रकाशन गर्दै आठ वटा संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जनाका लागि बिज्ञापन प्रकाशन गरेको छ । "/>

संवैधानिक निकायको पदपूर्ती अब खुला प्रतिस्पर्धाबाट

संवैधानिक निकायको पदपूर्ती अब खुला प्रतिस्पर्धाबाट

केन्द्रबिन्दु
0
Shares

संवैधानिक निकायको अध्यक्ष तथा सदस्यहरु अब खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ । संवैधानिक परिषदले आज एक सूचना प्रकाशन गर्दै आठ वटा संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जनाका लागि बिज्ञापन प्रकाशन गरेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगको अध्यक्ष र सदस्यको पदपुर्तिका लागि दरखास्त आव्हान गरिएको हो । त्यस्तै आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पनि अध्यक्ष र ४–४ सदस्य पदका लागि पनि आबेदन माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने परिषद् सचिवालयले जनाएको छ ।

पढ्नुहोस सूचना

Logo