परिणाममुखी काममै सरकार केन्द्रित हुन्छ -मुख्यमन्त्री बानियाँ

परिणाममुखी काममै सरकार केन्द्रित हुन्छ -मुख्यमन्त्री बानियाँ

केन्द्रबिन्दु
12
Shares

नारायणगढ (चितवन) । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले जनतालाई प्रत्यक्ष परिणाम दिने खालका काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार चितवन उद्योग संघको ३४औं वार्षिक साधारणसभा तथा १८औं अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सरकारले बोलेको कुरा कार्यान्वयन गर्दै प्रदेशलाई अगाडि बढाउने बताएका हुन् ।

उनले भने, “गल्ती मानिसबाट हुन्छ, त्यसलाई सच्याउँदै अघि बढ्नुपर्छ । सत्य स्थापनाका लागि तथ्यमा आधारित योजनामात्र अघि सारिनेछ ।” प्रदेश सरकारले ल्याउने नयाँ योजनामा उद्योगी तथा श्रमिकलाई साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उनले उद्योगी तथा व्यवसायीलाई गरी खाने वर्ग का रूपमा व्याख्या गर्दै उद्योगी तथा व्यवसायीहरुको योगदानलाई विशेष महत्वका साथ लिने उल्लेख गरे ।

बागमती प्रदेशको समग्र विकास र उद्योग प्रवद्र्धनका लागि ठोरी नाका खोल्नु तथा शक्तिखोर औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्नु अपरिहार्य रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले यसलाई सरकारको कार्ययोजनामा प्रमुख विषयका रूपमा अघि सारिने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, उत्तम जोशीसहित जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलगायतको को सहभागिता रहेको थियो ।

Skip This
Skip This
Logo