गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छः अध्यक्ष लिङ्देन

गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छः अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
9
Shares

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गैरआवासीय नेपालीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।

पार्टीको जिल्ला कार्यसमितिद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालको समृद्धिमा जोड्नका लागि उनीहरुको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्ने तर्क गरेका हुन् ।

उनले भने, “नेपाल बाहिर पनि नेपाल छ, प्रवासका रहेका नेपाली भूगोलभन्दा बाहिर छन् । उहाँहरुलाई पनि नेपालको चिन्ता छ ।”

विसं २०६३/६३ को राजनीतिक परिवर्तनपछि आएको नागरिकता ऐनको संशोधनमा दोहोरो नागरिकता राख्न नपाउने प्रावधानले विदेशमा कमाउन, अध्ययन गर्न र रोजगारीको खोजीमा पुगेका वंशजका नेपाली नागरिकलाई ठूलो असर पु-याएको उनको भनाइ छ ।

“अवसरको खोजी र उच्च शिक्षाका लागि विभिन्न देश पुगेका नेपालीले सम्बन्धित देशकै नागरिकता लिएका हुन्”, उनले भने, “दीर्घकालीन रुपमा काम गर्ने हो भने उताको देशले नागरिकता लिनुपर्छ भनेको हो ।”

Skip This
Skip This
Logo