नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । उनले यो प्रतिनिधिमुलक धर्ना भएको समेत बताए ।

उनले भने, ‘अहिले पहिलो चरणको नेपाल शिक्षक महासंघको आन्दोलनको पहिलो कार्यक्रम अन्तरगत छौं । भाद्र ११ गते बाट हामीले धर्नाको कार्यक्रम सुरु ग-याै । ११ गतेबाट दलको केन्द्रिय कार्यालयमा धर्ना गर्ने कार्यक्रममा छौं । यो प्रतिनिधिमुलक धर्ना हो । शिक्षक महासंघले पहिले दिन नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय, माओवादीको कार्यालयमा र आज चौंथो दिन हामी नेकपा एकीकृत समाजवादीको कार्यालयमा धर्ना गर्दैछौं ।’

Skip This
Skip This
Logo